भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउन सकिएन : खनाल
नेपालखोज
२०७९ वैशाख १ गते १९:४६

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूमि मापनको प्रक्रियालाई अत्याधुनिक बनाउन नसकिएको दाबी गरेका छन् ।
आज जग्गा प्रशासनमा लिखित रजिस्ट्रेशनको शतवार्षिकी समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् । उनले मापन गर्ने प्रक्रियामा विकाश हुँदै गएको भए पनि मापन प्रक्रिया अझै अत्याधुनिक प्रविधिबाट हुन नसकेको बताए ।
पूर्वप्रधानमन्त्री खनालले नयाँ भूमिसुधार गर्न जरुरी रहेको भन्दै मापन प्रक्रियालाई अत्याधुनिक बनाउन जरुरी रहेको बताए । पूर्व प्रधानमन्त्री खनालले देशले अत्याधुनिक प्रविधि भित्राएर नयाँ उचाईबाट मापन प्रणाली बिस्तार गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित

प्रतिक्रिया