बुधबार, जेठ १, २०८२

नेपाली फुटबल टिमकाे बन्द प्रशिक्षण सुरु, २५ खेलाडी सहभागी

नेपालखोज २०७९ वैशाख २ गते ९:३९

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले आसन्न एएफसी एसियन कप छनोटको तयारी सुरु गरेकाे छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यो पटक २५ खेलाडीलाई बन्द प्रशिषणमा बोलाएका छन् । 

दशरथ रंगशालामा प्रशिक्षणको सुरुवाती तीन दिनसम्म मिडियालाई पनि प्रशिक्षण खिच्न अनुमति दिइएको छ । कुवेतमा हुने छनोटको समूह ‘ए’ मा रहेको नेपाली टिमले पहिलो खेल जोर्डनसँग खेल्नेछ । 

जुन ८ तारिखदेखि १४ सम्म हुने प्रतियोगितामा जुन आठमा नेपालले बलियो प्रतिद्धन्द्धी जोर्डनसँग खेल्नेछ भने दोस्रो खेलमा जुन ११ मा कुवेतको सामना गर्नेछ । यो बाहेक नेपालको समूहमा रहेको इन्डोनेसियासँग जुन १४ मा खेल्नेछ । 

प्रतिक्रिया