विन्ध्यवासिनी हाइड्रोको १० करोडबराबरको आईपीओ खुल्दै, कति कित्ता भर्ने ?
नेपालखोज
२०७९ वैशाख २ गते १०:५६

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले १० करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीयवासीका लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० लाख कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागिएको हो ।
हाल कम्पनीको अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेकामा १० प्रतिशतका दरले आयोजना प्रभावित क्षेत्रका जनताको लागि सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत यही वैशाख ११ गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा यही वैशाख २५ गते र ढिलोमा जेठ नौ गते बन्द हुनेछ ।
खरिदकर्ताहरुले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया