आइतबार, वैशाख २८, २०८२

फिनल्यान्ड र स्विडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

नेपालखोज २०७९ वैशाख २ गते १२:३८

काठमाडौं । रुसले बिहीबार स्विडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ । रुसले आफ्नो पश्चिमी भागमा ‘दोब्बर भन्दा बढी’ सेना थप्ने पनि बताएको छ । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् । सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्यान्ड र बाल्टिक राज्यहरू बीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ।

बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ । मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको र युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमण गरेको चेतावनी दिएका छन्।

प्रतिक्रिया