सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो शताब्दी बचत खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ ।
शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक आठ दशमलव शुन्य तीन प्रतिशतको उच्च व्याजदरका साथसाथै सात लाख रुपैयाँसम्मको निःशुल्क बिमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस खातामा एक लाखसम्मको स्वास्थ्य बिमा, एक लाख रुपैंयाँसम्मको विभिन्न १८ घातक रोगको बिमा र पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था रहेको बैैंंकले जानकारी दिएको छ ।
शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो सेयर निःशुल्क प्रदान गरिने जानकारी पनि बैंकले दिएको छ ।
साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिने छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिने बैंकको भनाई छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकि र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया