नेपालको पहिचानमा ललितकलाको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

आजबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रर्दशनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरुप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यामबाट योगदानहरु पुयाउँदै जानुपर्ने आवश्यकता पनि बोध गराए । अरनिकोलगायतका ललितकलाका पुञ्जहरुले आफ्नो कलाको माध्यामबाट विश्वसामू नेपाललाई परिचित गराएको स्मरण गराउँदै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने स्पष्ट पारे ।

उनले ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर् याउँदै आएको बताए । पराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरुको समस्या र चुनौतिहरुलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह गरे ।


प्रतिक्रिया