‘हिजो पार्टी फुटाए, आज सूर्य चिह्‌न लिलामीमा राखे, भोलि एमालेको निशानै सकाउँछन्’

नेपालखोज २०७९ वैशाख ३ गते १३:२३

विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्‌नमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिह्‌न बिक्री हुने व्यावसायिक चिह्‌न हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !
भीम रावल

नेकपा (एमाले ) नेता भीम रावलको य‍ो ट्‌विटरमा आएका केही प्रतिक्रिया :

म तपाईंलाई दुईतिहाइको सरकार ढालेदेखी नरुचाउने मान्छे तर यो कुरामा सहमत । तेत्रो होलिकाण्ड गराएर बदनाम गराउने परिवार दल र आफ्नै पार्टीको हुन नसकेको कमल थापा सँगको गठजोड पार्टी डुबाउन होकि गठबन्धन को भुत देखि तर्सिएको हो , कुरै बुझिएन ।
सूर्य गैरे

‘सूर्य’चिह्‌नबाट चुनाव जितेर आफ्नै
पार्टीका बहुमतका प्रधानमन्त्रीलाई
हटाई पाँऊ,काङ्ग्रेसका सभापतिलाई
प्रधानमन्त्री बनाइ पाँऊ भन्दै हस्ताक्षर
गरि राष्ट्रपति र सर्वोच्च अदालतमा मुद्दा
हालेर,बिचौलियाले सानो ठेकेदारलाई
बिक्री गर्ने ब्यबसायीक सामान थियो र
“सूर्य” चिह्‌न ? जबाफ चाहियो ।
दुर्गा भण्डारी

काकाले सूर्य चिह्‌नलाई वेश्याको अंगजस्तै बनाए । पार्टीलाई कुडाकर्कट फाल्ने डम्पिङ साईट जस्तो बनाए स्वाभिमान बेचेर मात्र एमाले भई रहन रूचाउने जोक्करका भुसिया नोक्करहरूमा हार्दीक साहानुभुती छ है ।
नेपाली जन्ता

तपाईंहरुले सूर्य चिह्‌नबाट रुख चिह्‌नलाई प्रधानमन्त्री बनाएको पनि सत्य कुरा हो नेता ज्यू ।
विराट पाठक

अब चुपचाप गणतन्त्र, संघीयता र निरपेक्षता खारेज गर्न तैयार हौ नत्र “देश र जनताको भलोमा, अब त भोट हलोमा” हो ।
अरुण लुइँटेल

निर्वाचनमा उमेद्वारि मात्र कहाँ काफि होला र ! आफ्नै दल भित्र निर्विरोध छाडदिन विकल्प देखाईदिन्छु भन्ने मात्र निर्वाचन हैनहोला त यो ! निर्वाचनमा जाँदा सम्भव सिट सुरक्षित गर्ने उपाय दलले अपनायो कि ? त्यसको बिरोधमा ट्विटरबाट दर्ज हालेर न्याय मिल्ला र ?
राम घिमिरे

एमालेलाई केही एमाले भन्नेहरुले एमालेलाई होलसेलमा बिक्री गर्दै छन् । हिजो पार्टी फुटाए, आज सूर्य चिह्‌न लिलामीमा राखे, भोलि एमालेको निशानै सकाउँछन् । त्यसैले भिम रावल घनस्याम भुषाल जस्ता बौद्धिक नेताहरु अलि अग्रसर हुने बेला आयो एमालेमा ।
टीका देवकोटा

पहिले आफूलाई हेर्नु, सच्चिनु अनी अरुलाई भन्नुहोला । एमालेको जनमतबाट निर्वाचित भएर जनताको त्यो मत देउवालाई बेच्दा तपाईंको बुद्दिको भांडोमा बिर्को लागेकोथ्यो कि बुद्दिनै सिद्दिएर खोक्रो भाको थ्यो ? त्यो नैतिक र संसदिय मान्यता बमोजिम थ्यो ?
करण सिंह

आफुले सुर्य चिह्‌न बाट चुनाव जितेर काङ्ग्रेसको देउबालाई प्रधानमन्त्री बनाई दिनु भनेर अदालत जादा सुर्य चिन् आफुले बेचेको होईन । सुर्य चिह्‌न लिएर चुनाव लड्दा केको टाउको दुखाई हो ।
खगेन्द्र आचार्य

तपाईले को प्र म हटाएर बिपरित विचार को देउवा लाई प्र म बनाउने भूमिका खेलेको कुरा तपाई ले बिर्से पनि नेपाली जनताले बिर्सेका छैनन् रावल महाराज !
डिल्लीराम सुवेदी

भो डाक्टर साहेब यो सिद्धान्त र बिचार केही नहुने रहेछ,आखिर मा ३-४ बर्ष हेरेकै हो , जनता ले के पाए त , समग्र मा मैले बुझेको राजनीति भनेको ब्यापार नै हो नि ?
सुजनकुमार ढकाल

सरकारमा बस्न पायो भने जोसँग गठबन्धन गरेपनि‌ हुने जस्को समर्थन लिए पनि हुने जे बोले पनि हुने जे गरेपनि हुने आफूले पद नपाएपछि सबै खराब मात्रै देखिने ।
हरि भट्टराई

ने क पा एमालेको न विचार छ न त सिद्वान्त न राजनैतिक मार्गदर्शन । यो सुर्य चिह्न लिनु वा बेच्नु कुनै अर्थ छैन ।उता केपि ओली लाई अझै कथा , टुक्का र उखान सिकाउ । विचारमा स्खलन मान्छे ।
राजकुमार बिके

होइन यिनिहरुलाइ सामान्य राजनितिक ज्ञान् नभयको हो कि लोभी पापिको झुन्ड हो चिन्न ता एउटा दलको पो हुन्छ जसलाइ पनि चिन्न बाढदै हिडन मिल्छ र ?
लालकुमार घिमिरे

अनि सुर्य चिह्‌नको मत शेरबहादुर लाई बेच्ने तिमी नै होइनौ र ? यस्ता पतुर कुरा गरेर आफुलाई खुबै बुद्धिजीवी सम्झिन्छौ कि क्या हो ??
सुन्दर सापकोटा

यि डाभिरालाई नि लुतो लागेछ कि क्या हो? आफ्नै आङ कन्याउँदै बस्छन् बा । कि गठबन्धन सरकारले झै एमाले कार्यकर्ताहरुले पनि सुर्य छोडेर तिर चिह्‌न, अरु चिह्‌नमा भोट हाल्नु पर्थ्यो भन्न खोज्या हुन् कि क्या हो? गारो छ हो कुरा बुझ्न ।
tanxo

के गर्नुत कमरेड तपाँइहरुको अध्यक्ष ठुलो ठेकेदार भन्दा कम छैनन पेटी कन्टेकमा दिन खप्पिस रहेछन तपाईं अब ताजी बजाउनु बस्नु सिद्धान्तनै त्यस्तै छ ।
टंक ढुंगाना

अन्ततः एमाले हिन्दुराज्यमै गएर टुंगिने हो, अहिले थापा काजीलाई चुनाव चिह्‌न प्रयोग गर्न दिनु कुनचाहिँ अनौठोको विषय रह्यो र ?
दीपक लिम्बू

एमाले सिद्द्याउन र एमाले प्रचन्डेको गोजिमा बुझाउन सबै भन्दा उद्दत पहिलो ब्यक्ती भनेको भिम रावल हुन तेति मात्र होइन एमाले बाट प्राप्त मतको दुरुपयोग गर्ने नसिके भिम रावल शेर बहदुर देउवा लाई पेअधान मन्त्री पद बुझाउने नालायक ब्यक्ती भिम रावल हुन ।
कुमार खड्का

अब पार्टीको नीति बिचारमा एकरुपता आएको आभाश दिनका लागि सूर्य चिह्नका उपभोक्ताहरु लाई प्रोत्साहन गरेको हो कि ?
वासुदेव हुमागाईं

नेपालमा पार्टी पद्धति अब काम लागेन, नेताहरुको सत्ता स्वार्थको कारणले यो बहुपार्टी प्रणालिको विकल्प छिटो चाहियो नेपाललाई ।
पुष्प दाहाल

ओ कमरेड एमाले कम्युनिष्ट त के कुरा बामपन्थी पनि रहेन । तिमी आफ्नो किता काट गर अनि ट्वीटरमा आऊ ।
किरण भण्डारी

पार्टी त चुनावमा करिब दुई तिहाई ल्याएर पनि सत्ताबाट घोप्टिएर सड्कमा पोखिएको छ चुनाव चिह्‌नको के रोईलो नि नेता जि ।
कृष्ण थापा

के गर्नु डा . रावल जि, यहाँँ त परीपार्टी नै यस्तो बस्न थाल्यो । पार्टीको सिद्धान्त त केवल कागजमा हुने भयो कार्यन्वयन नहुने भो । वैकल्पिक उपाय नै ध्वस्त भए पछी जनता पनि के गरोस ।
मन दुरा

एमाले प्रतिगमनको मतियार र सामन्ती सत्ताको अन्तिम अबशेष हो !
एमाले र राप्रपा एउटै कित्तामा उभिन्छन भनेर बिगतमा ठोकुवा गरिएको थियो आज प्रमाणित भो!
प्रतिगामी र सामन्ती तत्वहरु दुबै देश र जनताको निम्ती घातक छ !
आगामी निर्बाचनबाट एमाले र राप्रपा जस्ता अतिबादी तत्व एकैसाथ परास्त हुनेछन !
दुर्गा थापा

एमालेकै उपाध्यक्ष तथा सासंद भएर पनि आफ्नै सरकार ढाल्न एमालेको सुर्य चिह्‌न बेचेको अनुभव भएर होला पार्टीले संस्थागत रुपमा गरेको निर्णयलाई चुनौति दिन लाज नमानेको ।यसै गरि सुर्य चिह्‌न लिएका ह्रदयेश त्रिपाठीबाट सिक्नोस बरु ।आफु रांड त देसै भांड हो तपांई त ।
सोझो केटो

अब फरक फरक चुनाव चिह्‌न राखी होस या फरक फरक सिद्धान्त बोकि होस आखिर लुटिने भनेका नेपाली जनता नै हुन र लुट्नेहरु तपाईं जस्तै नेता हुन । जो बहिर फुटेर भित्र जुट्ने गर्छन ।
यमजी

पहिले आफुलाई हेर्नु, सच्चिनु अनी अरुलाई भन्नुहोला । एमालेको जनमतबाट निर्वाचित भएर जनताको त्यो मत देउवालाई बेच्दा तपाईंको बुद्दिको भांडोमा बिर्को लागेको थ्यो कि बुद्दिनै सिद्दिएर खोक्रो भाको थ्यो? त्यो नैतिक र सम्सदिय मान्यता बमोजिम थ्यो?
अन्जना सापकोटा

एमालेलाई २५/३० सिट्मा सिमित नगरेसम्म उखाने ओलिको चेत खुल्दैन । । तेसैले कम्रेड भिम रावल एमालेलाइ जसरि हुन्छ हराउन तिर लाग्नुस ।
दीपेन्द्र क्षेत्री

तपाई जस्तो नेतालाई राजनीतिमा चिप्ल्याउन धेरैले कोसिस गर्दछन ।जो चिप्लिदैन त्यै नै नेता बन्ने हो,जो चिप्लिन्छ त्यो किनारा लाग्ने हो ।यो कुरा सत्य हो तपाइलाई केपीले १० बुंदे गराएर चिप्ल्याइसक्नु भो ।तपाइँ निकै मजाले पछारिनु भो-अब तपाई राजनीति बाट बिस्तारै किनारा लाग्दै हुनुहुन्छ ।
मिस्टर लिम्बू

दलीय प्रणाली को कुरा गर्ने ? दलीय प्रणालीलाई कमजोर,निकम्मा बनाउने नायक भिम रावल हो । हिजो सुर्य चिह्‌नका मत जति देउवालाई बेच्न उद्दत रहने भिम रावल हो । दलीय प्रणालीमा दलको नेता निर्णय निर्देशन नमान्ने भिम रावल ले दलिय प्रणालीका कुरा गर्न मिल्दैन ।
रेग्मी सर

अझै पनि दुई तिहाईको सपना नदेखे राम्रो होला । काँग्रेस र मावबादिले पत्ता साब गर्छन् । केपी ओलीले चस्माको ब्यापार गरेर बसे हुन्छ । झापामा । भिम रावल राष्टिय हिरो हो । डा. जे लेख्छन् सहि लेख्छन् ।
विष्ट लक्ष्मण

एमालेको सिद्धान्त चाहि के होला ? बहुदलीय जनवाद त पोलेर खाइसकेका हुन । अब के बाँकी रैछ ?
सलिक वाग्ले

बाले “हलो” बोकाएर बारी तिर “तीर’ खोज्न पठाउलान होश गर्नु है काका !
डा. रोबोट

किन नमिल्ने बा ले गरेपछि सव क्रान्तिकारी हुन्छन् लाल सलाम भनिटोपल्नुस ।
खगेन्द्र

प्रतिक्रिया