प्रचण्डले भने- निर्वाचनमा गठबन्धनको टुंगो भोलिसम्म लाग्ने छ

नेपालखोज २०७९ वैशाख ३ गते १०:१३

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगो भोलि (आइतबार) सम्म लागिसक्ने जनाएका छन् ।

भरतपुर विमानस्थलमा आज (शनिबार) बिहान पत्रकारसँग कुराकानी गर्दै उनले सो जानकारी दिएका हुन् । निर्वाचनमा गठबन्धनको आजै साँझसम्ममा खाका तयार हुने प्रचण्डको भनाइ छ । उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगोमा पुग्छौँ ।’

निर्वाचनका समयमा एउटै पाटीृभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए । पत्रकारको प्रश्नमा प्रचण्डले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिएका छन् । रासस

प्रतिक्रिया