‘राजसंस्था पुनर्स्थापनाको सम्भावना सकियो’

नेपालखोज २०७९ वैशाख ३ गते १८:३३

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नरहेको टिप्पणी गरेका छन् । आज बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेको भन्दै अब राजसंस्था पुनर्स्थापना नहुने बताएका हुन् ।

थापाले राप्रपाले हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना गर्नु परेको र राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको आरोप समेत लगाए । थापाले भने,‘अहिले राप्रपाका साथीहरु हामीले कमाइदिएको पुँजीमा रमाउनु भएको छ ।’साथै, उनले राप्रपा नेपालको तुनाव चिन्ह बुझाँउन गाह्रो भएकाले सूर्य चिन्हबाट चुनाव लड्न लागेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया