पिपलको बोटमा जल अपर्ण !

हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले साताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक साताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ ।
शनिबारको पूजा गर्दा यो कुराको ध्यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ । यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्छ । यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ ।
साढेसातीको प्रभाव कम गर्न केही उपाय
भरसक सूर्य उदाउनुभन्दा अघि हरेक शनिबार शनिको पूजा गर्ने । पिपलको बोटमा जल अपर्णसहित विशेष पूजा गर्ने । खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ । शनिबार कालो तिल दान गर्नुहोस् ।
शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् । छालाका जुत्ता र चप्पल दान गर्दा प्रयोग नगर्ने । शनिबार हनुमान चालीसाको पाठ गर्नोस् ।

प्रतिक्रिया