दिल्लीलाई हराउँदै बैंग्लोर आईपीएलको तेस्रो स्थानमा

नेपालखोज २०७९ वैशाख ४ गते ७:०५

काठमाडाैं । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बैंग्लोरले चौथो जित निकालेको छ । शनिबार राति भएको खेलमा बैंग्लोरले दिल्ली क्यापिटल्सलाई १६ रनले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । 

मुम्बई स्थित बांङखडे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८९ रन बनायो । जितसँगै बेङ्ग्लाेरले ६ खेलमा ८ अङ्क जोडेको छ । बेङ्ग्लाेर तेस्रो स्थानमा उक्लिएको छ ।

दिल्ली ५ खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्ससँग पराजित हुँदै लगातार छैटाैँ हार बेहोरेको छ ।

प्रतिक्रिया