सोमबार, माघ २८, २०८१

हिमालयन एयरलाइन्सको कतार उडान स्थगित, नेपाल एयरलाइन्सले आज निर्णय लिँदै

नेपालखोज २०७६ फागुन २७ गते ७:४९

काठमाडाैं । कतारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने क्रम तत्कालका लागि रोकिएको छ ।

Advertisement

यससँगै कतारको राजधानी दोहा सीधा उडान गर्ने नेपाली विमान कम्पनीहरुको सेवा पनि प्रभावित हुने भएको छ । निजी क्षेत्रको हिमालय एयरलान्सले काठमाडौँ–दोहा उडान हालका लागि स्थगित गरिसकेको छ भने सरकारी नेपाल वायुसेवा निगमले यसबारेमा मंगलबार निर्णय गर्ने बताएको छ ।

पछिल्लो समय कतार नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बनेको थियो । दैनिक ३५० भन्दा बढी नेपाली कामदार रोजगारीका लागि कतार जाने गरेका छन् । कतार सरकारको पछिल्लो निर्णयपछि श्रमस्वीकृति लिइसकेका कामदार पनि प्रभावित भएका छन् ।कतारमा हाल ३ लाख ५० हजार नेपाली कामदार छन् । याे समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया