सोमबार, जेठ ७, २०८१

बझाङमा जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

नेपालखोज २०७९ वैशाख ४ गते १०:०५

काठमाडौं । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१-००१च ००९५ नं को जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिएका छन् ।यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् ।

घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले घटेको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकारी चौधरीले बताए । रासस

प्रतिक्रिया