सोमबार, वैशाख १५, २०८२

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई खाता सञ्चालकहरुको विवरण पठाउन निर्देशन

नेपालखोज २०७९ वैशाख ४ गते १८:२४


काठमाडौं । नेपाल राष्ट्र बैंकले खाता सञ्चालकहरुको विवरण पठाउन निर्दैशन दिएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार सञ्चालनमा रहेका सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै विवरण पठाउन निर्दैशन दिएको हो ।

परिपत्रमा भनिएको छ, ‘यस बिभागबाट स्थायी तरलता सुविधा तथा खुला बजार कारोबार अन्तर्गतका सुविधा लिनुहुने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले उपरोक्त सुविधाका लागि खाता सञ्चालकहरुको हस्ताक्षरसहितको विवरण तथा प्रमुख कार्यकारी अधिकृत र ट्रेजरी प्रमुखको सम्पर्क नं (मोवाईल नम्बर) साथै इमेल आइडीसहितको जानकारी यथाशिघ्र विभागमा पठाउन निर्देशानुसार अनुरोध छ ।’

प्रतिक्रिया