माओवादीले माग्यो चितवन महानगरसहित ४ उपमहानगरपालिका

नेपालखोज २०७९ वैशाख ४ गते १८:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रले भरतपुर महागनरको नेतृत्वमा दाबी गरेको छ । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर, सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा दाबी गर्‍यो । माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसलाई राख्न सुझाव समेत दिएको छ ।

सत्ता गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादीले बैठकमा कांग्रेसलाई तीन वटा महानगरको नेतृत्व दिनेबारे छलफल भएको जनाइएको छ। गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीचको छलफलमा पनि कांग्रेसलाई ६ मध्ये तीन वटा महानगरको नेतृत्व कांग्रेसले लिने र बाँकी तीन वटामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले लिने सहमति भएको छ ।

उनीहरुबीच भएको सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व कांग्रेसलाई दिने र भरतपुर माओवादी, पोखरा नेकपा (एकीकृत समाजवादी) र वीरगन्ज जसपालाई दिने सहमति भएको छ।

भोलिसम्म गठबन्धनले महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुँगो लगाउने भनिएको छ ।

प्रतिक्रिया