गठबन्धनकाे बैठक बस्दै, महानगर र उपमहानगरमा सहमति हाेला ?
नेपालखोज
२०७९ वैशाख ५ गते ६:५१

काठमाडौं । गठबन्धनका पाँच दलका शीर्ष नेताको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने जनाइएकाे छ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले आजसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुंगो लगाउने निर्णय गरेको थियाे ।
सम्बन्धित

प्रतिक्रिया