उम्मेद्‌वार टुंग्याउँदै एमाले र परिवार दल, एक वडा सदस्य जितेको परिवार दलले कति दाबी गर्ला ?

नेपालखोज २०७९ वैशाख ५ गते ११:१६

काठमाडौं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेकपा एमाले र नेपाल परिवार दलबीच चुनाबी तालमेल बारेमा विभिन्न जिल्लामा छलफल शुरु भएको छ । छलफलपछि कुन कुन स्थानीय तहमा एमाले र कुनमा परिवार दल उम्मेदबार बन्ने भन्ने बारेमा टुङो लगाउन छलफल भएको परिवार दलले जनएको छ ।

सहमतिमा नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटिले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने सहमति बमोजिम झापा ,मोरङ, सुनसरी, धनुषा,चितवन, सुर्खेत,कैलाली, कास्की लगायतको जिल्लामा एमालेका नेतासँग छलफल भएको सहभागि परिवार दलकी सहमहामन्त्री मिलन कुमारी राजबंशीले जानकारी दिईन । सहमति अनुसार जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ आफ्नो प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिबेदन प्रस्तुत गर्ने तयारी गरिएको परिवार दलले जनाएको छ ।

यसैबिच नेपाल परिवार दल र नेकपा एमाले बिच पहिलो भेट्वार्ता सम्पन्न भएको छ । दुई पार्टी बीच चुनावी गठबन्धन बलियो बनाउने सहमति भएको छ भने परिवार दलले स्थानीय निकायमा प्रतिनिधित्व गराउने एमाले जिल्ला स्तरिय नेताहरु सहमत भएका छन् । यस्तै नेकपा एमाले कैलाली र नेपाल परिवार दल जिल्ला कैलाली समन्वय समिति को तेसो पटक बैठक एमालेका नगर अध्यक्ष राम चन्द्र जोशी र निर्वाचन विभाग का नगर अध्यक्ष चुडामणी भट्ट नेपाल परिवार दल कैलाली जिल्लाको तर्फबाट जिल्ला अध्यक्ष विशाल चौधरी केन्द्रीय सदस्य बिष्णु बिके प्रदेश सदस्य सीता पाठक लगायतका बिच पनि छलफल भएको छ ।

यस्तै धनुषा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव र परिवार दल बाट सह महामन्त्री अब्दुल कयुम शाह जिल्ला अध्यक्ष शिबसन्कर यादव लगायतले छलफल गरेका छन् । यसैगरी सुर्खेत नेकपा एमाले र नेपाल परिवार दल बीच चुनावी ताल मेल को विषयमा सुर्खेत मा दोस्रो चरणको छलफल सम्पन्न । छलफलको क्रममा नेकपा एमाले जिल्ला कार्यसमिती अध्यक्ष अमृत बि.सि र नेपाल परिवार दल जिल्ला कार्यसमिती सुर्खेतका अध्यक्ष मन बहादुर थापाबीच छलफल भएको छ । मोरङ जिल्ला समन्वय समिती मा नेपाल परिवार दल र नेकपा एमाले बिच पहिलो भेट्वार्ता सम्पन्न भएकोे छ ।

यसैगरी सुनसरीमा पनि एमाले र परिवार दलबीच छलफल भएको छ । परिवार दलका अध्यक्ष लक्ष्मण कार्की, केन्द्रको तर्फबाट सहमहामन्त्री मिलन राजबंशीको उपस्थिति रहेको थियो भने नेकपा एमालेको तर्फबाट जिल्ला समन्वय समितिको अध्यक्ष रेवतिरमण भण्डारी बीच छलफल भएको छ ।

२०७४ को निर्वाचनमा परिवार दलले एक वडा सदस्यमात्र जितेको थियो । यसपटक एमालेसँग गठबन्धन गरेको परिवारले दलले धेरैभन्दा धेरै स्थानीय तहका प्रमुख र उपप्रमुख दाबी गर्ने बुझिएको छ। परिवार दलको २१ स्थानीय तहका प्रमुखमा दाबी गर्ने मनस्थिति छ ।

प्रतिक्रिया