‘हार बेहोर्न तयार छु, तर चुनाव जित्नका लागि गठबन्धन गर्दिनँ’

नेपालखोज २०७९ वैशाख ५ गते १०:५०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्नकै लागि गठबन्धन गर्ने कुरा पार्टी हितमा नरहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ४ ले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले चुनाव जितिसकेपछि बहुमत नपुग्दा तालमेल गरेर सरकार बनाउने कुरा संसदीय प्रणालीमा स्वाभाविक भए पनि निर्वाचन अघि तालमेल गरेर जित्नकै लागि चुनावमा जाने कुरा स्वाभाविक नभएको स्पस्ट पारेका छन् ।

उनले कांग्रेसका देश भरिका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको समेत बताए । उनले भने, ‘नेपाली कांग्रेसका देशै भरिका साथीहरू कोही पनि तालमेलको पक्षमा हुनुहुन्न, पार्टीका साथीहरू पनि हुनुहुन्न, समर्थक पनि हुनुहुन्न, शुभचिन्तक पनि हुनुहुन्न, मतदाता पनि हुनुहुन्न ।’ राजनीति विचारसँग जोडिएको विषय भन्दै उनले बरु निर्वाचनमा हार बेहोर्न तयार हुनुपर्ने तर विचार त्याग्न नसकिने प्रष्ट पारे ।

प्रतिक्रिया