वैशाख ७ गतेदेखि जनमत पार्टीले टिकट वितरण गर्ने

नेपालखोज २०७९ वैशाख ५ गते ११:१६

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाएर टिकट वितरणको काम अन्तिम चरणमा पुगेको छ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर/ उपमेयर तथा अध्यक्ष/ उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।

आज मेयर, उपमेयर तथा अध्यक्ष उपाध्यक्षको टिकट वितरण गरिने र बैशाख ७-८ गते वडाहरूको टिकट वितरण हुने जनमत पार्टीले जनाएको छ । वडाअध्यक्षहरुका लागि मधेश प्रदेश तथा अन्य प्रदेशका वडाको टिकट केन्द्रीय सचिवालयका साथै प्रदेश नम्बर १ को विराटनगर र लुम्बिनी प्रदेशको भैरहवाबाट पनि वितरण हुने जनाएको छ ।

जनमत पार्टीबाट उम्मेदवार हुनका लागि उम्मेदवारहरूले मनोनयन–पत्र लिनु अगावै पार्टीको अनुशासनमा बस्ने र भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता-पत्रमा हस्ताक्षर गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै निर्वाचनमा हुने खर्च आफै गर्नुपर्ने जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया