सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

काठमाडाैं । आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका लगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुमा गठबन्धनका दलहरुका बीचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्क लगायतका नेताहरु सहभागी छन् । त्यसैगरी नेकपा(माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ ।
जनता समाजवादी पार्टीबाट अध्यक्षद्धय डा. बाबुराम भट्टराई् र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ पनि सहभागि छन् भने नेकपा(एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया