सोमबार, पुष ७, २०८२

तान्जानियामा गोहीले आक्रमण गर्दा ६ जनाकाे मृत्यु

नेपालखोज २०७९ वैशाख ५ गते १२:४१

काठमाडौं । तान्जानियामा गोहीले आक्रमण गर्दा ६ जनाले ज्यान गुमाएका छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो।

जिल्ला प्रहरी अधिकारीले दिएको जानकारीअनुसार जनवरीदेखि मार्चसम्ममा नागरिकलाई गोहीले आक्रमण गरेको थियो । किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो ।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए । उनले गोहीले आक्रमणमा परी मृत्यु भएका छ जना मध्ये आफ्ना पिता पनि एक भएको बताए । नागरिकले गोहीबाट हुने हमलाबाट सुरक्षाका लागि सरकारसँग समेत आग्रह गरिएको छ । -रासस

प्रतिक्रिया