गठबन्धनको बैठक निष्कर्षविहीन, साँझ फेरि बस्ने

नेपालखोज २०७९ वैशाख ५ गते १३:५७

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिट भागबन्डा गर्न बसेको बैठकले नेताहरूका आ–आफ्ना अडानका कारण कुनै निष्कर्ष निकाल्न सकेन ।

आज बस्ने बैठकले महानगरपालिका र उपमहानगरपालिकामा कुन पार्टीलाई उम्मेदवार दिने भन्ने छिनोफानो गर्ने कार्यसूची थियो । पदाधिकारीको प्रधानमन्त्री निवास बालुवाटारमा बसेर निष्कर्षविहीन भएको जनाइएको छ ।

बैठक बेलुका पुनः बस्ने भएको छ । यसअघि सत्ता गठबन्धन दलका नेताहरूबीच हिजो भएको छलफल पनि विना निष्कर्ष सकिएको थियो । स्थानीय तहको चुनावमा सिट बाँडफाँट गर्न भन्दै केही दिनदेखि सत्ता गठबन्धनको बैठक बस्दै अ‍ाएको छ ।

प्रतिक्रिया