शनिबार, जेठ ५, २०८१

चौबीस घण्टामा ६२० संक्रमित थपिए, २९७ जना डिस्चार्ज

नेपालखोज २०७९ साउन १५ गते १६:२९

काठमाडाैं । नेपालमा पछिल्लो चौबीस घण्टामा ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २९७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ६५१ जनाको पीसीआर परीक्षणबाट ४९६ र ३ हजार १९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२४ जना गरी जम्मा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ रहेको छ ।

प्रतिक्रिया