सोमबार, वैशाख १५, २०८२

वाणिज्य बैंकको ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त

नेपालखोज २०७९ वैशाख ५ गते १६:१५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको आरबिबिएल २०८९ ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने समबन्धमा आज सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार अंकित दरले कुल पाँच अर्ब रुपैंया (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने छ । आरबिबिएल ऋणपत्र २०८९ नामको कुल ५० लाख रुपैयाँ कित्ता ऋणपत्रमध्ये ३० लाख रुपैयाँ कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिने छ, भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने छ ।

केयर रेटिंग नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने रेटिंग प्रदान गरेको छ । बैंकले देशभर २५८ वटा साखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ साखारहित बैंकिङ सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया