सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता भोलिदेखि

काठमाडौं । प्रोफेसनल गल्फर एसोसीएसन नेपालको आयोजनामा भोली मंगलबारबाट सूर्य नेपाल गल्फ टुर अनतर्गतकाे सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ । आज आयोजक प्रोफेसनल गल्फर एसोसीएसन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिन सम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो ।
प्रतियोगितामा ५६ खेलाडीले सहभागिता जनाउने छन । जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसीएसनका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए । यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा साविक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, राम थापा लगायतका खेलाडीले सहभागिता जनाउने छन् । भने बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बु, भक्त शेरचन, देव राना, बिष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङले सहभागिता जनाउने छन् ।
शुक्रबारसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ६५ हजार रुपैयाँ पाउने छन । यस्तै तेस्रोले ४६ हजार रुपैयाँ प्राप्त गर्दा शीर्ष २१ मा रहने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया