मंगलबार, वैशाख २५, २०८१

बलिउड जोडीमा उमेर अन्तर, कसको कति ?

नेपालखोज २०७९ वैशाख ६ गते ११:३१

काठमाडौं । बलिउडमा उमेरको अर्थ केवल एउटा नम्बर हो । आलिया भट्ट-रणवीर कपुरदेखि लिएर विक्की कौशल-कैटरीना कैफसम्म हेर्ने हो भने उनीहरुबीच परम्परागत मान्यतासँग मेल नखाने उमेरको फरक देखिन्छ । हामि यहाँ बी-टाउनका ती जोडीक‍ो चर्चा गर्दै छौं जसको उमेरबीच ठूलो अन्तर छ ।

आलिया भट्ट र रणवीर कपुर
लवबर्ड्स रणवीर कपुर र आलिया भट्टले दम्पतीका रूपमा नयाँ जीवन सुरु गरेका छन् । उनीहरु पाँच वर्षदेखि रिलेशनसिपमा थिए । उनीहरुबीच १० वर्षको उमेर अन्तर छ । यद्यपि यो कुराले उनीहरुमा कुनै असर पारेको पाइँदैन । आलिया एघार वर्षकी छँदै रणवीरलाई मनपराउन थालेकी थिइन् । ११ वर्षको हुँदा आलियाले सन्जयलीला भन्सालीको २००५ को चलचित्र ब्ल्याकका लागि अडिसन दिएकी थिइन् । त्यहीँ उनको पहिलो भेट रणवीरसँग भएको थियो जो सन्जयको सहायक निर्देशकका रूपमा काम गरिरहेका थिए ।

कैटरीना कैफ र विक्की कौशल
कैटरीना कैफ ३८ वर्षकी छन् भने उनले ३३ वर्षका विक्की कौशलसँग विवाह गरेकी छन् । उनीहरुबीच पाँच वर्षको उमेर अन्तर तथा केटी जेठी हुनुको प्रभाव विवाहमा परेन । विक्कीले निकै पहिलेदेखि कैटरीनालाई मन पराउँथे । आलियाले जस्तै विक्कीले पनि आफ्नो पहिलो क्रससँग विवाह गरेका हुन् ।

प्रियंका चोपडा र निक जोनस
प्रियंका चोपडा पति निक जोनसभन्दा १० वर्ष जेठी छन् । उनीहरु १ डिसेम्बर २०१८ मा दाम्पत्य जीवनमा बाँधिएका हुन् ।

करिना कपुर र सैफ अली खान
सैफ अली खान र अभिनेत्री अमृता सिंहले १३ वर्ष दम्पतीका रुपमा बिताए । १९९१ मा उनीहरुले विवाह गर्दा अमृता १२ वर्ष जेठी थिइन् । उनीहरुका दुई सन्तान छन्- सारा अली खान र इब्राहिम अली खान । २००७ मा ५१ वर्षीय सैफले ४१ वर्षीया करिना कपुरसँग डेटिङ गर्न थाले र त्यसको पाँच वर्षपछि उनीहरु विवाह बन्धनमा बाँधिए । उनीहरुबीच १० वर्षको उमेर अन्तर छ भने अहिले उनीहरुका दुई छोरा तैमुर र जेह छन् ।

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन
ऐश्वर्या ३४ वर्षकी थिइन् जब उनले २००७ मा वर्षीय अभिषेकसँग विवाह गरिन् । उनीहरुबीच विवाह भएको लगभग १३ वर्ष बितिसकेको छ । अहिले उनीहरु छोरी आराध्या बच्चनका माता-पिता हुन् । अभिषेक र ऐश्वर्या १९९९ मा पहिलोपटक फिल्म- ढाई अक्षर प्रेम के (जुन २००० मा रिलिज भएको थियो) को फोटोसुटका क्रममा भेटिएका थिए । यो उनीहरुले सँगै काम गरेको पहिलो चलचित्र थियो । यही चलचित्रपछि उनीहरुको मित्रता झागिँदै गयो ।

उमेरमा अन्तर भएका अन्य बलिउड जोडीमा साहिद कपुर-मीरा राजपुत (१३ वर्ष), मिलिन्द सोमन-अंकिता कोंवर (२६ वर्ष) तथा सन्जय दत्त-मान्यता (१९ वर्ष) प्रमुख छन् ।

-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया