आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाइँदै
नेपालखोज
२०७९ वैशाख ६ गते ६:४१

काठमाडाैं । सरकारले आजबाट बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ । आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया