विराटनगरमा आगलागी हुँदा चार पसल पूर्ण रूपमा नष्ट
नेपालखोज
२०७९ वैशाख ६ गते १०:२६

मोरङ । विराटनगर महानगरपालिका–७, अस्पताल चोकमा रहेको होटेल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्ण रूपमा नष्ट भएको छ ।
विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटेल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ ।
उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा आज बिहान २ बजे नियन्त्रणमा लिएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिए ।
आगो के कसरी लागेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताए । आगो नियन्त्रणका क्रममा कार्यालयका तीन कर्मचारी घाइते भई स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको छ । रासस
सम्बन्धित

प्रतिक्रिया