निलम्बित गभर्नरको रिटमाथि सुनुवाइ हुँदै, कसले गर्दै छन् महाप्रसादको तर्फबाट बहस ?

काठमाडौं । निलम्बन कारबाहीविरुद्ध गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि प्रारम्भिक सुनुवाई हुँदैछ ।अधिकारीको रिट सुनुवाईका लागि आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलास तोकिएको हो ।
सरकारले गरेको निलम्बनको विरुद्धमा सर्वोच्च अदालत गएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आजबाट सुनुवाई हुने भएको हो । अधिकारीको रिट हिजोमात्रै सर्वोच्च अदालतमा दर्ता भएको थियो । आजै उनको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल एजलासमा सुनुवाई हुने भएको छ ।
अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाललगायतले बहस गर्दैछन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले भने गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेको कारण हटाउनु परेको स्पष्ट पारेका थिए । अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले गैरकानुनी ढंगले जाँचबुझ आयोग गठन गरेको भन्दै उक्त प्रक्रिया खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
अर्थमन्त्री शर्माले आफूलाई गभर्नर अधिकारीले असहयोग गरेको र अति गोप्य सूचना बाहिर पठाएको भन्दै गत चैत्र २४ गते निलम्बन गरेका थिए । शर्माले सर्वोच्चका पुर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा न्यायीक समिति समेत बनाएपछि अधिकारी स्वत निलम्बनमा परेका हुन् ।
अधिकारीले सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै रिट दायर गरिसकेका छन् । उनलाई गत चैत २५ को मन्त्रिपरिषद् बैठकले निलम्बन गरेको थियो । अर्थमन्त्री जनार्दन शर्मा र अधिकारीबीच टसल थियो ।

प्रतिक्रिया