साताको पाँच लाख पाउन्ड तलबमा डर्टमुन्डका हालान्ड म्यानचेस्टर सिटी जाने
नेपालखोज
२०७९ वैशाख ६ गते १४:२०

काठमाडाैं । बोरुसिया डर्टमुन्डका स्ट्राइकर इरलिङ हालान्ड म्यानचेस्टर सिटीमा जाने लगभग पक्का भएको छ । सिटीले उनलाई साताको पाँच लाख पाउन्ड तलब दिने सर्तमा सहमति जनाएको छ ।
हालान्ड र उनका एजेन्टविच भएको छलफलमा साताको तलवमा सहमति भएपछि उनी प्रिमियर लिगमा आउने पक्का जस्तै भएको छ । साताको पाँच लाख तलव पाउने भएपछि हालान्ड प्रिमियर लिगका सर्वाधिक धेरै तलव खाने खेलाडी हुने भएका छन ।
सिटीले २१ बर्षे हालान्डलाई ६३ मिलियन पाउण्डमा खरिद गर्ने पक्का जस्तै भएको छ । यदि अहिलेको सहमति अनुसार अगाडी बढेमा हालान्ड पाँच बर्षका लागि सिटीमा अनुबन्ध हुने भएका छन ।
उनी र सिटीबीचको सम्झौता अर्को साता हुने संभावना बढेको छ । हालान्डलाई अनुबन्ध गर्न सिटीसँगै रियल मड्रिड, पीएसजी पनि होडमा छन् ।
सम्बन्धित
प्रतिक्रिया