काबुलमा विस्फोट: छ जनाको मृत्यु
नेपालखोज
२०७९ वैशाख ६ गते १४:२३

काठमाडौं । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीले विस्फोटन गराएका छन् । विस्फोटन घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोटन राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया