एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक, एमालेको सरकारले गरेका काम समावेश

नेपालखोज २०७९ वैशाख ६ गते १५:०९

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमबीच पार्टीको स्थानीय तह निर्वाचनको घोषणापत्र अध्यक्ष माधव कुमार नेपालले आज सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको घोषणापत्रमा एमालेबाट चिढिएर नयाँ पार्टी गठन गर्नुपरेको उल्लेख गरिएको छ । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको हो ।

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेको आफ्नो गाउँ आँफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

प्रतिक्रिया