रूसी सेनालाई भारी बन्यो युक्रेनी हतियार !

मस्को । रुसको आक्रमणको सामना गर्न युक्रेनलाई युरोप तथा अमेरिकाले हतियार तथा नगदका साथै अन्य सहयोग पनि दिइएको छ । भनिन्छ अमेरिका, ब्रिटेन तथा युरोपियन युनियनका देशले युक्रेनलाई १.५ अर्ब डलर सहायता प्रदान गरिसकेका छन् भने यो क्रम निरन्तर जारी छ ।
यसकै बलमा युक्रेनले करिब दुई महिनादेखि संसारकै महाशक्ति रुसको डटेर सामना गरिरहेको छ । हेरौं युक्रेनसँग भएका केही हतियार :
FMG-148 ज्याभलिन
यो अमेरिकामा बनेको पोर्टेबल एन्टी ट्यांक मिसाइल हो । यसलाई सजिलै काँधमा राखेर जहाँ पनि लैजान सकिन्छ । रुख वा घरको आडमा लुकेर कुनै एक्लो सैनिकले यसलाई अपडेट गर्न सक्छ । यो मिसाइलको मद्दतले युक्रेनले निकै रूसी ट्यांक ध्वस्त बनाएको बताइन्छ । आक्रमणकारी ड्रोन युक्रेनलाई अमेरिका र टर्कीले थुप्रै आक्रमणकारी ड्रोन उपलब्ध गराएका छन् । बितेको एक दशकमा टर्की आक्रमणकारी ड्रोन टेक्नोलाेजिमा निकै अगाडि बढेको छ । अमेरिकी ड्रोनको परीक्षण अफगानिस्तानमा भइसकेको छ । युक्रेनले यिनै ड्रोनको प्रयोग गरेर रूसी हमलावरहरुलाई चना चपाउन बाध्य बनाएको छ ।
S-300 मिसाइल डिफेन्स सिस्टम
स्लोभाकिया सरकारले युक्रेनलाई रूसमै निर्मित S-300 एयरक्राफ्ट तथा मिसाइल डिफेन्स सिस्टम उपलब्ध गराएको छ । यो सिस्टमले १०० किलोमिटर टाढासम्मको लडाकु विमान तथा मिसाइलहरु पत्ता लगाउन सकिन्छ । यही सिस्टमका कारण युक्रेनमाथि रूसी लडाकु विमानले भनेजस्तो प्रभुत्व जमाउन सकेका छैनन् ।
MI-17 हेलिकोप्टर
अमेरिकाले युक्रेनलाई रूसी MI-17 हेलिकोप्टर पनि दिएको छ । अमेरिकाले निकै पहिले रूससँग यो हेलिकोप्टर खरिद गरेको थियो । रूसमै निर्मित यही हेलिकोप्टर अहिले रूसी सेनाका लागि संकट बनेको छ ।
NLAW-लाइट
एन्टी ट्यांक वेपन ट्यांकलाई निशाना बनाउने निकै हल्का वजनको यो मिसाइल सिस्टम स्विडिस कम्पनी सावको उत्पादन हो । १२.५ किलोग्रामको यो सिस्टमले ८०० मिटर परसम्म सटिक मार गर्न सक्छ । ब्रिटेनले अहिलेसम्म करिब ३६०० लाइट एन्टी ट्यांक हतियार युक्रेनी सेनालाई प्रदान गरिसकेको छ ।
हमर तथा रडार सिस्टम
अमेरिकाले युक्रेनलाई ७० वटा हमर गाडी प्रदान गरेको छ भने करोडौं डलरको सैन्य मद्दतअन्तर्गत आधुनिक रडार सिस्टम एवं गस्ती नाउँ पनि दिएको छ ।
FIM-92 स्ट्रिङर
एकैजनाले अपरेट गर्ने FIM-92 स्ट्रिङर सिस्टम वास्तवमा एउटा पोर्टेबल एयर डिफेन्स सिस्टम हो । अमेरिकामा निर्मित यो सिस्टमले तीव्र रफ्तारमा लडाकु विमान तथा हेलिकोप्टरहरुलाई निशाना बनाउँछ । अमेरिका र जर्मनीले युक्रेनलाई यसका १९०० युनिट उपलब्ध गराएका छन् । बुलेटप्रुफ बख्तरबन्द गाडी जर्मनीले युक्रेनी सेनालाई ८० वटा बुलेटप्रुफ बख्तरबन्द गाडी उपलब्ध गराएको छ । यी गाडीबाट फायरिङका अतिरिक्त रकेट लन्चसमेत गर्न सकिन्छ । जर्मनीले युक्रेनलाई ५० वटा एम्बुलेन्ससमेत दिएको छ ।
नेदरल्यान्डका हतियार युक्रेनलाई
सबैभन्दा पहिले सैन्य मद्दत दिने युरोपेली देश नेदरल्यान्ड नै हो । यो डच सरकारले कीभलाई ४०० एन्टि टेंक वेपन, २०० एन्टि एयरक्राफ्ट स्ट्रिङगर मिसाइल तथा १०० स्नाइपर राइफल प्रदान गरिसकेको छ । नाइट भिजन इक्विपमेन्टस अमेरिकाले उपलब्ध गराएको नाइट भिजन ग्लासेसले पनि युक्रेनी सेनालाई ठूलो मद्दत गरेका छन् ।
पश्चिमी देशले दिएका नाइट भिजन चश्मा तथा ड्रोन, इन्फ्रारेड एवं हीट सेन्सरले सुसज्जित छन् । रूस यो टेक्नोलोजीमा केही पछाडि नै छ । इंन्टेलिजेन्स सपोर्ट अमेरिका तथा युरोपेली युनियनसँग यस्ता कैंयन स्याटेलाइट छन् जसले हाई रिजोल्युशनका साथ पृथ्वीबाट डाटा संकलन गर्न सक्छ । यी स्याटेलाइट तथा अन्य स्रोतबाट प्राप्त खुफिया डाटाले यो युद्धमा युक्रेनी सेनालाई निकै मद्दत पुर्याएका छन् ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा







प्रतिक्रिया