मंगलबार, असार १०, २०८२

कुण्डलीमा ऋणको दोष भए के गर्ने ?

नेपालखोज २०७९ वैशाख ७ गते ५:०१

अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्छन् । उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नुपर्ने हुन्छ । ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ । जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नुपर्ने हुन्छ ।

कुण्डलीमा भएको ऋण दोष हटाउने उपाय

कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन् । त्यसलाई मंगल ग्रहको कारक मानिन्छ । मंगल कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्छ । यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ ।

ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन । ऋणबाट मुक्ति पाउने उपाय शनिबार ऋणमुक्तेश्वर महादेवको पूजा गर्ने मंगलबाट पूजा, दान तथा होम गर्ने र जप गर्ने मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने रातो र सेतो वस्त्रको प्रयोग गर्ने श्रीगणेशको पूजा आराधना गर्ने बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने । यसैगरी हिन्दु धर्मदर्र्शनले वास्तुशास्त्रलाई विशिष्ट स्थानमा रहेको छ ।

वास्तु शास्त्रमा जीवन उपयोगी विषय समावेश भएका हुनाले नै यसले विशिष्ट स्थान हासिल गर्न सकेको हो । हिन्दू धर्म दर्शन अनुसार केही यस्ता काम गर्न निषेध गरिएको छ जसका कारण मानव जीवनमा हानी पुर्‍याउँछ । यस्ता कामलाई सही रुपमा गर्नुभयो भने तपाईको जीवनमा त्यसले सकारात्मक असर पार्ने छ । कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात त्यसको महत्व हुँदैन । मंगललबार या शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन ।

बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् । उत्तर एवम् पूर्वबाट अग्निको सामान हटाएर दक्षिण (पूर्व कोणमा राख्दा लगभग घरको सबै काम सहज रुपले सम्पन्न हुनेछ । दक्षिण पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ । सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने । दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ । विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् । हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन ।

पछाडि भित्ता भएमा तपाईंलाई साहस एवम् साहारा मिल्नेछ ।दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ । दक्षिण( पूर्व कोणमा बस्दा मान÷सम्मान एवम् पदप्रतिष्ठा बढ्ने छ । दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ । शनिबारको दिन पिपल वृक्षलाई चिनी÷पानी, चिनी÷चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ ।

प्रतिक्रिया