बुधबार, जेठ २, २०८१

‘जब हृदय भक्तिले भरिन्छ, तब कुशलता स्वाभाविक रूपमा व्यक्त हुन्छ’

सदगुरु २०७८ चैत २१ गते ८:१९

-योग गाथाअनुसार शिवलाई सधैँ विनाशक भनिएको छ । योगको मूल उद्देश्य व्यक्तिको सीमित पहिचान नष्ट गर्नु हो । जबसम्म पहिचान नाश गरिँदैन, मनुष्यले आफ्नो असीम प्रकृति जान्न सक्दैनन्, मुक्ति पाउन सक्दैनन् । प्रथम योगी, आदियोगी शिवले यस्तो शक्ति हुन्, जसलाई हामी आफ्नो शरीर र मनसँग रहेको पहिचान नष्ट गरिदिन आह्वान गर्दछौँ, ताकि आफ्नो असीम प्रकृतिलाई सम्पूर्ण रूपमा अनुभव गर्न सकौँ ।

-जब हृदय भक्तिले भरिन्छ, तब कुशलता स्वाभाविक रूपमा व्यक्त हुन्छ ।

-मानवजातिको भविष्यका लागि माटोलाई हित गर्ने कृषि-अभ्यासहरू महत्त्वपूर्ण छन् । मानव शरीर जीवित माटोको प्रतिबिम्ब हो ।

-कैलाश यस धरतीमा दिव्य ज्ञानको लागि सबैभन्दा विशाल भण्डार हो । जब आदियोगी शिवले ज्ञानका सबै सात आयामहरू मानिसहरूको बुझ्न सक्ने क्षमताभन्दा पर छन् भन्ने कुरा महसुस गरे, उनले कैलाश पर्वतमा आफ्नो ज्ञानलाई ऊर्जाको रूपमा भण्डारण गरिदिए । यो ज्ञान आज पनि जीवित छ । शिव कैलाश पर्वतमा बस्छन् भन्ने विश्वास यो कुराको प्रतीक हो कि कैलाशमा शिवका ऊर्जाहरू स्पन्दित छन् । थुप्रै रहस्यदर्शी र योगीहरूले आफ्नो ज्ञान यस पर्वतमा विसर्जित गरेका छन् ।

-तपाईंले प्रेमको मधुरता र चैतन्यको अभिभूत गर्ने प्रकृति अनुभव गर्नुभएको छैन भने, तपाईंले जीवनलाई स्पर्श गर्न बाँकी नै छ ।

-यदि तपाईं अतीतमा डुब्नुभयो भने, त्यसले तपाईंको वर्तमानमाथि शासन गर्छ अनि तपाईंको भविष्य निर्धारण गर्छ । यो जञ्जालबाट पर जानु नै योग हो ।

-अस्तित्वगत रूपमा हामी सबै एक हौँ- केवल सामाजिक रूपमा हामी असाध्यै विभाजित छौँ ।

-यदि तपाईंले सम्बन्धहरूबाट केही पाउने चाहनालाई त्याग्नुभयो अनि यत्तिकै आनन्दले भरिनुभयो भने, तपाईंले सबै किसिमका मानिसहरूसँग सानदार सम्बन्ध कायम राख्न सक्नुहुन्छ ।

-एक मनुष्यको रूपमा हामी जागरूक जीवन बन्नुपर्छ, अनि एक पिँढीको रूपमा हामीले जागरूक धरती बनाउनुपर्छ ।

-जीवन तपाईंको काममा हुँदैन । जीवन तपाईंभित्र हुन्छ । प्रश्न यत्ति हो कि त्यो कति प्रखर तरिकाले भइरहेको छ ?

-अरू कोहीभन्दा राम्रो हुनु सफलता होइन । तपाईंले जुन उद्देश्यले काम गर्नुहुन्छ, त्यसलाई पूरा गर्नु नै सफलता हो ।

प्रतिक्रिया