नेपाल विवेकशील पार्टीको घोषणापत्र जारी

नेपालखोज २०७९ वैशाख ७ गते १६:०५

काठमाडौं । नेपाल विवेकशील पार्टीले यही आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ । देशभरका स्थानीय तहहरूलाई आवश्यक पर्ने न्यूनतम मापदण्डहरूलाई आधार बनाई यो घोषणापत्र तयार गरिएको हो ।

यस दस्तावेज तथा स्थानीय आवश्यकताका आधारमा पार्टीको तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने आधिकारिक उम्मेदवारहरूले आ-आफ्ना घोषणापत्रहरू जारी गर्नेछन् । घोषणापत्रमा उल्लेख भएअनुसार स्थानीय सरकार गठन पश्चात् नेपाल विवेकशील पार्टीले गर्ने कार्यहरू निम्न अवधारणामा केन्द्रित रहनेछः

१. सुशाशित, सुव्यवस्थित स्थानीय तह (सुविधायुक्त, प्रविधियुक्त तथा झन्झटमुक्त सार्वजनिक सेवा)

२. गरिखान सक्ने, सवल, उद्यमशील स्थानीय तह (जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता)

३. सुन्दर, हराभरा, बाँझोरहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन)

४. विविधतायुक्त, समावेशी स्थानीय तह (सांस्कृतिक उत्थान, सम्पदा संरक्षण तथा विविधता)

५. गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोलगायतका आधारभूत सुविधाहरू सुनिश्चित गर्ने स्थानीय तह (पूर्वाधार तथा समतामूलक विकास)

६. समन्वय र सहकार्य (स्थानीय, प्रदेश तथा संघीय सरकार)

प्रतिक्रिया