ग्लोबल आईएमईको तेस्रो त्रैमासिक नाफा ३ अर्ब ७२ करोड

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा तीन अर्ब ५७ करोड ८२ लाख ८९ हजार रुपैयाँ थियो ।
हाल चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब ६९ अर्ब आठ करोड २८ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ६० अर्ब २० करोड ९६ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ५२ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले दुई खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब २८ अर्ब ६५ करोड १४ लाख २७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६ अर्ब ८७ करोड दुई लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । स्प्रेडदर भने चार दशमलव १७ प्रतिशत थियो ।
प्रतिक्रिया