सोमबार, असार ९, २०८२

प्रभु बैंकले ९ महिनामा कमायो एक अर्ब ७५ करोड

नेपालखोज २०७९ वैशाख ७ गते १६:३६

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब १० करोड ९६ लाख सात हजार रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैंयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४३ अर्ब ७१ करोड २७ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर तीन दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब ६४ अर्ब ८५ करोड पाँच हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ११ करोड ७७ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ८३ करोड ५६ लाख रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैैंकमा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ५० प्रतिशत रहेको थियो ।

प्रतिक्रिया