गगन थापाले भने- कम्युनिस्ट पार्टीसँग डराउनुपर्ने कांग्रेसको स्थिति बन्याे

नेपालखोज २०७९ वैशाख ७ गते १८:०६

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले नेपालको राजनीतिमा कम्युनिष्टको द्वेध चरित्र बारुम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए । महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली कांग्रेस कम्युनिष्टसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए ।

उनले यदी सबै क्षेत्रमा कांग्रेस हार्छ भन्ने सोचाइले अघि बढेमा बारम्बार कम्युनिष्ट पार्टीले तर्साउने बताए । महामन्त्री थापाले भने, ‘मैले नजिकबाट हेर्दै गर्दा नेपालको राजनीतिक पक्षमा नेपालमा कम्युनिष्ट पार्टीहरु एकै पटक मिलेर सरकारमा बसेको पनि देखाे । तुरुन्त नेपाली कांग्रेससँग बसेर सरकार बनाएको पनि देख्यौं। सरकारमा बस्दा बस्दै आधाले छोडेर गएर अर्को पार्टीसँग मिलेर चुनाव लड्न गएको पनि देख्यौं। रातारात पार्टी नै बनाएको पनि देख्यौं । रातारात पार्टी नै तोडेको पनि देख्यौं । फेरि मिल्दा चुनाव पनि जितौंला । चुनाव जितेको भोपिल्ट दिने हो कि होइन भन्ने भए । फेरि हामी डराउने भयाैं ।’

महामन्त्री थापाले कुनैपनि ठाउँमा तालमेल गर्ने कि नगर्ने भेर निर्णय गर्ने हक र अधिकार महानगर र उपमहानगरको सम्बन्धमा केन्द्रिय समितिसँग भएको र बाँकी सबै ठाउँको अधिकार, जिल्ला र त्यो भन्दा तलका तहलाई अधिकार दिएको बताए । ढिलोचाँडो नेपालका कम्युनिष्टहरू एक हुने भन्दै थापाले नेपालका सबै कम्युनिष्टहरू एकै ठाउँमा हुँदा पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।

प्रतिक्रिया