कम्युनिष्ट पार्टीबीचको लडाइँमा कांग्रेस सहभागी बन्न हुन्न : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले कम्युनिष्ट पार्टीबीचको लडाइँमा कांग्रेस सहभागी बन्न नहुने बताएका छन् । आज नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जान नहुने दोहोर्याए । नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरु एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उनले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर गरे ।
नेता रिजालले एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसलाई केही सिट कमी आएपनि देशको भलो हुने बताए । उनले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रश्ताव लिएर जानसक्ने आशंका व्यक्त गरे ।
नेता रिजालले नेपाली कांग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिष्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युष्टि बोकेर कहिलेसम्म हिँड्ने भन्दै प्रश्न गरे ।

प्रतिक्रिया