बिहीबार, चैत १५, २०८०

मान्छेजस्तै हरेकको निश्चित ‘लाइफ’ छ…

नेपालखोज २०७९ वैशाख ८ गते ८:४९

काठमाडौं । मिडिल क्लास फेमिलीका प्राय सबैलाई थाहा छ हामी हरेक कुरालाई कामै नलाग्ने हुन्जेल प्रयोग गरिरहन्छौं । कतिपय वस्तु प्रयोगमा नआए पनि पछि काम लाग्छ भनेर लुकाएर राख्छौं जुन न खोजेको बेला भेटिन्छ वा न कहिल्यै काम आउँछ । यसरी हाम्रो घर कबाडीखाना भइरहेको हुन्छ ।

कतिपय वस्तु त यस्ता हुन्छन् जसमा एक्सपायरी डेट हुन्छ वा निश्चित समयावधिपछि त्यो प्रयोग गर्न लायक रहँदैन । यद्यपि कतिपय कुरामा एक्सपायरी डेट त उल्लेख हुँदैन तर तिनलाई निश्चित समयभन्दा बढी प्रयोग गर्नु हुँदैन । हेरौं हाम्रो दैनिक जीवनमा प्रयोग हुने केही वस्तुको एक्सपायरी डेट :

स्लिपर्स (चप्पल)
हाम्रो खुट्टामा हुने फंगल इन्फेक्सनको एउटा कारण हामीले प्रयोग गर्ने चप्पल वर्षौं परिवर्तन नगर्नु पनि हो । यस्ता चप्पलमा हर किसिमका किटाणु हुन सक्छन् । जुन पछि गएर हाम्रो शरीरमा समेत फैलन्छन् । त्यसैले घरमा प्रयोग हुने चप्पल साधारणत: हरेक ६-६ महिनामा बदल्नुपर्छ ।

सिरानी (तकिया)
अनुसन्धानकर्ताहरुका अनुसार लगभग १ देखि बढीमा दुई वर्षबीच आफ्नो सिरानी (तकिया) बदल्नुपर्छ । यसबाट गर्धनको पीडा तथा एलर्जीको समस्याबाट जोगिन सकिन्छ ।

तौलिया (टाबेल)
एउटा तौलिया (टाबेल) को जीवन मात्र एक वर्ष हो । जतिसुकै मूल्य वा जुनसुकै ब्रान्डको भए पनि एक वर्ष प्रयोग गरेपछि त्यसलाई फ्याँक्नु नै उपयुक्त हुन्छ ।

सावर Puffs और Sponge
यी वस्तुले हाम्रो शरीरको फोहोर-मैला हटाइन्छ । यद्यपि त्यसमा लागेको फोहर कसले अनि कसरी हटाउने ? यिनको सफाइ तातोपानीले गर्नुपर्छ भने हरेक ६ महिनामा यसलाई बदल्नुपर्छ ।

हेयरब्रस
यदि सेम्पु गरेको आफ्नो केस फोहर र किटाणुयुक्त बनाउनु छैन भने प्रत्येक साता काइँयो तथा हेयरब्रस आदिको सफाइ गर्ने बानी बसाल्नुपर्छ । यसका अतिरिक्त प्रत्येक वर्ष यिनको परिवर्तन हाइजिनका दृष्टिले उपयुक्त हो ।

टुथब्रस
जबसम्म टुथब्रस कामै नलाग्ने हुँदैन तबसम्म यसलाई घोटिरहने बानी धेरैमा देखिन्छ । ज्वरो आउँदा वा बिमारीबाट ठीक भएपछि टुथब्रस पनि बदल्नुपर्छ । साधारणत: हामीले कुनै पनि टुथब्रस ३ देखि ६ महिनाभन्दा बढी प्रयोग गर्नु हुँदैन किनभने यसमा इन्फेक्सन हुने जोखिम बढी हुन्छ ।

ब्रा
सेल्फ केयरका लागि ब्राको परिवर्तन अत्यावश्यक छ । साधारणत: एउटा ब्राको एक्सपायरी डेट यसको प्रयोगको १-२ वर्ष मात्र हो ।

परफ्युम
Deo तथा Perfume को पनि एक्सपायरी डेट हुन्छ । यिनको प्रयोग १ देखि ३ वर्षसम्म मात्र गर्नुपर्छ ।

मसला
पिसिएको मसलाको जीवन ६ महिना मात्र हुन्छ । तिनको प्रयोग ६ महिनाभित्र गरिसक्नुपर्छ । यसैगरी दाना मसला केही बढी दिन चलाउन सकिन्छ ।

पिठो (आँटा)
फर्स्ट ग्रेड आँटा ६ महिनाभित्र प्रयोग गरिसक्नुपर्छ भने हाई-ग्रेड आटा एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया