आइतबार, वैशाख २८, २०८२

रुस-युक्रेन लडाइँमा कति सैनिक मारिए ?

नेपालखोज २०७९ वैशाख ८ गते १४:२१

किएभ । युक्रेनका राष्ट्रपति भ्लादिमीर जेलेन्स्किका अनुसार रूसका साथ चलीरहेक‍ो युद्धमा अहिलेसम्म ३ हजार युक्रेनी सैनिकले ज्यान गुमाएका छन । अमेरिकी न्युज च्यानल सीएनएन लाइ दिएको एक इन्टरभ्युमा जेलेन्स्किले बताए अनुसार लडाइँमा युक्रेनका १० हजार भन्दा बढी सैनिक घाइते भएका छन जसका बारेमा के भन्न कठिन छ भने ती मध्ये कतिजना जिबित रहन्छन् ।

युक्रेनी राष्ट्रपतिले यो तथ्यांक सँग रूसका तर्फ भएको नोक्सानीको तुलना गर्दै भनेका छन युद्धमा अहिलेसम्म १९-२० हजार रूसी सैनिक मारिएका छन। पश्चिमी देशहरुले के अनुमान लगाएका छन भने रूसका हजारौं सैनिक यो लडाई मा मारिएका तथा घायल भएका छन ।
यता रूसले अहिलेसम्म आफ्ना १३५० सैनिक मारिएको कुरा मात्र पुष्टि गरेको छ ।

यस्तोमा लडाइँमा कति सैनिक मारिए भन्ने कुराको आधिकारिक तथ्यांक प्राप्त गर्न निकै कठिन छ । युद्ध प्रोपोगन्डाका कारण पनि यसमा कुन तथ्यांक सहि हो भनेर छुट्टाउन सकिदैन । दुबै देश युद्धरत रहेको अवस्थामा यसको स्वतन्त्र पुष्टि हुन निकै गारो छ । यद्यपि एउटा कुरा के स्पष्ट छ भने यो युद्धमा दुबै पक्षका सैनिकहरु ठुलो संख्यामा मारिएका वा घाइते बनाइएका छन , जसको घाउ हत्तपत्त मेटिने वा निको हुनेछैन ।

यसमा आम नागरिकहरुको मृत्यु समेत गरि दुबै तर्फको मानव क्षति जोडने हो भने युद्धको एउटा भयावह र बिनासकारि तस्बिर अगाडि आउँछ ।

प्रतिक्रिया