अप्रत्यासित मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको धर्ना

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि निर्देशिका भाग – २ ल्याउन माग गरेको छ ।
बिहीबार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्यवृद्धि निर्देशिका भाग –२ ल्याउन माग गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा निर्माणको काम अगाडी बढाउन नसकिएको बताए ।
उनले निर्माणको काम अगाडी बढाउनका लागि सरकारले अविलम्ब मूल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने बताए । सरकारले निर्देशिका नल्याएमा कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने उनले बताए ।
महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको हो । विगतमा सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएकाले विरोधको कार्यक्रमलाई निरन्तरता दिइने महासंघले जनाएको छ ।

प्रतिक्रिया