शुक्रबार, वैशाख १२, २०८२

व्यक्तिगत धनमा अमेरिका अगाडि

नेपालखोज २०७९ वैशाख ९ गते ११:३१

काठमाडौं । आर्थिक, सैनिक तथा हातहतियारको दृष्टिकोणमा अमेरिका विश्वमै शक्तिशाली मुलुक हो । अझ आर्थिक रूपमा सम्पन्न यस मुलुकमा विश्वकै धनाढ्य व्यक्तिहरू पनि छन् । संसारमै धेरै ठूलो संख्यामा अर्बपति र खर्बपति व्यक्तिहरू भएको देश अमेरिका हो । सरकारद्वारा पर्याप्त भौतिक पूर्वाधारको विकास, लगानीप्रतिको हौसला, कुनै पनि काम गर्न प्रेरणा दिने, आर्थिक स्रोतको माध्यम सिकाइदिने, सीपमूलक तालिमलगायतका कारण यहाँ व्यक्तिले विभिन्न व्यवसाय गर्ने अवसर पाएका छन् । व्यवसाय गर्ने अवसर पाएसँगै केही व्यक्तिहरू विश्वका धनाढ्यमा गनिएका छन् ।

अमेरिका
अमेरिकामा ५५ लाख ४७ हजार २०० करोडपति, २४३,५२० अर्बपति तथा ८१० जना खर्बपति छन् । उनीहरुसँग कुल मिलाएर ६८८ खर्ब डलर छ ।

चीन
साम्यवादी वा कम्युनिस्ट चीनमा ८२३,८०० जना करोडपति छन् । त्यसमा २,१२७ जना अर्बपति तथा २३४ जना खर्बपति छन् । उनीहरुसँग कुल २३३ खर्ब डलरबराबर सम्पत्ति छ ।

जापान
जापानमा करोडपतिहरुको संख्या १३ लाख ८० हजार ६०० छ र त्यसमा ८३२ जना अर्बपति तथा ३६ जना खर्बपति छन् । उनीहरुको सम्पत्ति जोड्दा २०१ खर्ब डलर हुन आउँछ ।

भारत
भारतमा तीन लाख ५७ हजार करोडपति छन् । त्यसमा पनि १,१४९ जना अर्बपति तथा १२८ जना खर्बपति छन् । उनीहरुको कुल सम्पत्ति ८९ खर्ब यूएस डलर हुन्छ ।

जर्मनी
जर्मनीमा ७ लाख ४६ हजार ६०० करोडपति छन् । जर्मनीका ती करोडपतिमध्ये पनि ९९६ जना अर्बपति तथा ७६ जना खर्बपति छन् । उनीहरुको कुल धन ८९ खर्ब डलर हुन्छ ।

बेलायत
यूके (बेलायत) मा ७ लाख ३७ हजार ६०० करोडपति, १,०४१ अर्बपति तथा ९२ जना खर्बपति छन् । उनीहरुको सम्पत्ति जोड्दा ८८ खर्ब डलर हुन्छ ।

अस्ट्रेलिया
तीन लाख ९५ हजार ४०० जना करोडपति भएको अस्ट्रेलियामा ४७८ जना अर्बपति तथा ३८ जना खर्बपति छन् जसको कुल धन ६४ खर्ब डलर हुन आउँछ ।

क्यानाडा
क्यानाडामा तीन लाख ६४ हजार १०० करोडपति छन् । ती करोडपतिमध्ये ५२४ जना अर्बपति र ४३ जना खर्बपति छन् । उनीहरुसँग कुल मिलाएर ६२ खर्ब डलर सम्पत्ति छ ।

फ्रान्स
फ्रान्समा करोडपतिहरुको संख्या दुई लाख ६४ हजार छ । त्यसमा ३४३ जना अर्बपति र ३६ जना खर्बपति छन् । उनीहरुसँगको कुल सम्पत्ति ५८ खर्ब डलर हुन्छ ।

इटली
इटलीमा दुई लाख ६ सयजना करोडपति छन् । त्यसमा २७३ जना अर्बपति तथा २८ जना खर्बपति छन् । उनीहरुको धन जोड्दा ३८ खर्ब डलर पुग्छ ।

प्रतिक्रिया