मंगलबार, जेठ ८, २०८१

‘इनडोर प्लान्ट’ ले पनि कम गर्छ वायु प्रदूषण

नेपालखोज २०७८ चैत २० गते ८:००

काठमाडौं । हामीमध्ये धेरैले अचेल घरमै गमलामा फल, तरकारी वा फूल रोपेका छौं । हामी सबैलाई थाहै छ कि यी बोट-बिरुवाले वातावरण स्वच्छ राख्न मद्दत पुर्याउनुका साथै सकारात्मक ऊर्जा पनि प्रवाह गर्छन् । यी घरेलु बोटबिरुवाले वायु प्रदूषण कम गर्न कति मद्दत पुर्याउँछन् भन्ने विषयमा बेलायतको बर्मिघम विश्वविद्यालयको नेतृत्वमा एक अध्ययन गरिएको थियो जसले यो कुरालाई वैज्ञानिक रुपमा पुष्टि गरिदिएको छ ।

रोयल हर्टिकल्चरल सोसाइटी (आरएचएस) को सहयोगमा गरिएको यो शोधले घर तथा अफिसभित्र रोपिएका बोटबिरुवाले हावामा भएको नाइट्रोजन डाइअक्साइड (एनओ-टु ) को स्तरमा २० प्रतिशतसम्म कमी ल्याउने कुरा पत्ता लगाएको छ । यो अध्ययन जर्नल एयर क्वालिटी, एटमसफेयर एन्ड हेल्थमा प्रकाशित गरिएको छ ।

शोधकर्ताहरुले यो अध्ययन यूकेका साधारण घरहरुमा रोपिने तीनवटा हाउसप्लान्टमा केन्द्रित गरेका थिए जसलाई रोप्न-हुर्काउन सजिलो छ र यी त्यति महँगा पनि छैनन् । ती बिरुवा हुन्- पिस लिली, कर्न प्लान्ट (ड्रोकेना फ्रेग्रेन्स) तथा फर्न अरुम (जमीओकुलकस जमिफोलिया) ।

वैज्ञानिकहरुले यी हरेक बिरुवालाई एक-एकवटा टेस्ट चेम्बरमा राखेका थिए र त्यसभित्रको वातावरण ठीक त्यस्तै थियो जस्तो वातावरण व्यस्त सडक किनारको कार्यालयमा हुन्छ ।

शोधकर्ताहरुका अनुसार यी सबै बोटबिरुवा अलग प्रजातिका भए पनि कोठामा भएको आधा एनओ-टु हटाउन सक्षम पाइए । यसमा अध्याँरो-उज्यालो वा बोटबिरुवाको माटो सुक्खा वा गिलोले खासै फरक पार्दैन ।

प्रतिक्रिया