मंगलबार, असार १०, २०८२

कुरानमा के छ ?

नेपालखोज २०७९ वैशाख ९ गते ७:१३

इस्लाम जीवनमार्ग हो । इस्लामले लोक-परलोक दुवै जीवनलाई सन्तुलन कायम गर्दछ । यो दुनियाँ एउटा खेती हो जसमा मुस्लिमले जीवनका सबै भागहरूमा पुण्यको बाली लगाउँछ र यसको प्रतिफल लोक-परलोक दुवै जीवनमा प्राप्त हुनेछ । यसका लागि दृढ संकल्प तथा साहसले भरिएको एउटा उत्साहपूर्वक जीवन चाहिन्छ । जुन निम्न कुराहरूबाट प्राप्त हुन सक्छ-

-भूमि निर्माण कार्य गर्नु
अल्लाहले भन्नुभएको छ- “उहाँले नै तिमीहरूलाई माटोबाट सृष्टि गर्नुभयो र यसैमा तिमीहरूलाई बसोबास गर्ने मौका प्रदान गर्नुभयो ।” (कुरान : ११/६१)

अल्लाहले हामीलाई माटोबाट सृष्टि गर्नुभयो र मानव समाजलाई फाइदा पुग्ने भूमि निर्माण एवं विकास कार्य, बोट-बिरुवारोपण र उच्च सभ्यता निर्माण गर्ने आदेश दिनुभएको छ । यी कार्यहरू इस्लामको सिद्धान्तविपरीत छैनन् । त्यसैले कठिन परिस्थितिमा पनि इस्लामले अरुलाई फाइदा पुग्ने कार्यहरू गर्ने प्रेरणा दिएको छ । रसलू- ‘सल्लल्लाह’ अलैही व सल्लम) ले भन्नुभएको छ- ‘एउटा मुस्लिमले यदि वृक्षरोपण गर्ने निधो गरिसकेको छ र कयामत (महाप्रलय) आइदियो भने त्यसलाई कार्यान्वयन गर्न हतारिन पर्दछ, ताकि यो उसका लागि दान साबित होस् ।’ (अहमद : २७१२)

-मिलेर बस्नु
आस्था र संस्कृति फरक भए पनि इस्लामले सभ्यता निर्माण कार्य, सुधार प्रवर्द्धन तथा सम्पूर्ण गतिविधिहरूमा भाग लिन, एक-अर्कासँग मिलेर बस्न, उच्च विचार, स्वच्छ आचरण र भद्र व्यवहारको प्रदर्शन गर्न प्रेरित गर्दछ । समाजबाट अलग भएर एक्लै टाढा बस्नु र साथीभाइको वास्ता नगर्नु धर्मोपदशेक र पथ प्रदर्शकको तरिका होइन भन्ने कुरामा इस्लामले हामीलाई सचेत गर्दछ । त्यसैले जो समदुायमा मिलेर बस्छ, उनीहरूको गल्ती, दु:ख र पीडा सहेर बस्छ, ऊ एक्लै बस्ने व्यक्ति भन्दा उत्तम हो भनेर रसलू-सल्लल्लाहु अलैही व सल्लम) ले घोषणा गर्नुभएको छ । (इब्ने माजा : ४०३२)

-ज्ञानको धर्म
कुरानको प्रथम शब्द ‹इक्रा› (पढ्नु) आकस्मिक र बिनाउद्देश्य अवतरण भएको छैन । यसले मानव समाजलाई फाइदा पुर्याउने हरेक प्रकारको ज्ञान-विज्ञानको महत्त्व दर्शाएको छ । जुन व्यक्ति इस्लामी ज्ञान सिक्न बाहिर निस्कन्छ, ऊ स्वर्गको बाटोमा हिँडिरहेको हुन्छ । रसलू (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ- ‘जो कोही इस्लामको ज्ञान हासिल गर्न निस्कन्छ, अल्लाहले उसका लागि स्वर्गको बाटोलाई सजिलो बनाइदिनुहुन्छ ।’ (इब्नेहिब्बान : ८४)

अरु धर्मजस्तै इस्लाम र विज्ञानबीच कुनै युद्ध छैन । बरु इस्लाम नै ज्ञान-विज्ञानको प्रथम खुड्किलो हो र यसले मानव समाजलाई फाइदा पुर्याउने सबै खाले शिक्षाको लागि प्रेरित गर्दछ ।

इस्लामले आलिम (धर्मगरु) को स्थानलाई सगरमाथाको चचुरोभन्दा माथि पुर्याएको छ । रसलू- (सल्लल्लाहु अलैहि व सल्लम) ले
भन्नुभएको छ- ‘सम्पूर्ण सृष्टिहरू धर्म गुरुहरूका लागि दुआ ( प्रार्थना) गर्दछन् ।’ (तिर्मिजी : २६८५)
(फहद बिन सालिम बाहमामको नयाँ मुस्लिम निर्देशिकामा आधारित ।)

प्रतिक्रिया