बिहीबार, जेठ ३, २०८१

आममानिसका लागि नोकियाको C2 2nd edition

नेपालखोज २०७९ वैशाख ९ गते १४:३७

काठमाडौं । कम मूल्यमा राम्रो मोबाइल दिने नोकियाले स्मार्टफोनको बजारमा समेत पहुँच बढाइरहेको छ । यस क्रममा नोकियाले एउटा शानदार स्मार्टफोन लन्च गरेको छ जुन फोन किफायति मूल्य मै खरीद गर्न सकिन्छ । यो फोन एसियाली बजारमा ११,५०० रुपैयाँ सम्ममा उपलब्ध हुन्छ । युरोपमा यो फोनको मूल्य ७९ युरो छ । यो फोन हाललाई ग्रे र ब्ल्यु रङमा खरिद गर्न सकिनेछ ।

यो फोनको खास विशेषता यसको सानदार डिजाइन तथा दमदार फिचर नै हो । नोकिया कम्पनीले आम नागरिकहरुलाइ ध्यानमा राखेर यो स्मार्टफोन तैयार गरेको हो । यो कम मूल्यमा राम्रो पावरको ब्याटरी प्याकयुक्त फोन हो । यो फोनको स्क्रीन ५.७ इन्चको छ । यसमा ५० MP को क्यामेरा जडान गरिएको छ । यसले ९६० x ४८० पिक्सेलको रिज्योलुशन दिन्छ । यो स्मार्टफोन मीडियाटेक क्वाड – कोर प्रोसेसर द्वारा सञ्चालित हुन्छ ।

र्याम तथा स्टोरेज
यो फोन १GB , २GB RAM तथा ३२ GB नेटिव स्टोरेजका साथ आउँछ । बढि स्टोरेजका लागी यसमा माइक्रो एचडी कार्ड स्लट दिइएको छ । यो फोन Android ११Go भर्जनमा सञ्चालीत हुन्छ । दुइ वर्षको ग्यारेन्टी दिइने यो फोनमा फेस अनलक अप्शन भए पनि फिंगरप्रिन्ट स्क्यानर भने छैन ।

अन्य फिचर
यो फोनको अगाडि ५ मेघापिक्सलको सेल्फी क्यामेरा दिइएको छ । यसको रियर क्यामेरा सेटअपमा LED फ्लाशका साथ ५ मेघापिक्सलको क्यामेरा समेत छ ।

कनेक्टिभिटीतर्फ यसमा ड्यूल सिम सपोर्ट , ४G LTE, २.४GHz wifi, GPS , १ micro SB port तथा ३.५ mimi audio jack जस्ता फिचर समेटिएका छन् ।

प्रतिक्रिया