कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा सिर्जना सिंह

नेपालखोज २०७९ वैशाख ९ गते ७:५८

काठमाडाैं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेद्वारमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंह सर्वसम्मत चयन भएकी छन् ।

गणेशमानकी बुहारीसमेत रहेकी उनी जनमत संग्रहमा बहुदलको पक्षमा माहोल बनाउन गोरखामा भूमिका खेलेकी उनी ४३ वर्षपछि काठमाडौं महानगरको प्रमुखमा अघि सरेकी छन् ।  

महानगर प्रमुखको उम्मेद्वारका लागि कांग्रेसको महानगरपालिका कार्यसमितिले उनको नाम बुधबार पार्टीको माथिल्लो तहमा सिफारिस गरेको छ । महानगरको मेयरका लागि सिर्जनासँगै अन्य पाँचजनाको पनि नाम सिफारिस भएको छ । 

महानगर प्रमुखका लागि नाम सिफारिस हुनेमा नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जित छन् ।

प्रतिक्रिया