सोमबार, असार ९, २०८२

सिभिल बैंकले तेस्रो त्रैमासिकमा ९० करोड ४१ लाख खुद मुनाफा कमायाे

नेपालखोज २०७९ वैशाख ९ गते ८:२४

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९० करोड ४१ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको नाफा ५० करोड २५ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ९० अर्ब ७० करोड ४० लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ९३ करोड ६१ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ४५ करोड ५२ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय छ । सो अवधिमा तीन दशमलव ८५ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ६८ लाख ८२ हजार रुपैयाँ छ ।

गत आवको सोही अवधिमा बैंंकले ८८ अर्ब ६३ करोड ४८ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब तीन करोड ७६ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५४ करोड तीन लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ३८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया