आशा लघुवित्तले नौ महिनामा कमायो १२ करोड रुपैयाँ खुद मुनाफा

काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड १४ हजार छ सय १० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ६७ लाख ६४ हजार सात सय ९० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ३३ करोड ३९ लाख १४ हजार रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा एक अर्ब ६४ करोड ६७ लाख ५६ हजार आठ सय २० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब एक करोड ३२ लाख ६३ हजार दुई सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड तीन लाख ५६ हजार नौं सय २० रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड सात लाख ७३ हजार छ सय ६० रुपैयाँ रहेको छ । यस अवधिमा संस्थामा दुई दशमलव ९२ प्रतिशत कर्जा निस्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १९ करोड ३९ लाख ४७ हजार एक सय ६० रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ६३ करोड ८९ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ९८ लाख ४४ हजार तीन सय ७० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम भने २३ लाख २० हजार नौं सय ९० रुपैयाँ रहेको थियो । उक्त अवधिमा संस्थामा तीन दशमलव १५ प्रतिशत कर्जा निस्क्रिय रहेको थियो ।
प्रतिक्रिया